मंसिर ७ –इरानको परमाणु कार्यक्रमका विषयमा जारी छलफल अन्तिम चरणमा पुगेपनि निश्कर्ष ननिस्कने संकेत देखिएको छ । विश्वका ६ शक्तिसाली राष्ट्रहरुको भियानामा जारी छलफल अन्तिम चरणमा पुगेको अधिकारीहरुले बताएका छन् । भोली सकिने बैठकमा इरानमाथी लगाएको प्रतिबन्ध हटाउने भनिए पनि परमाणु कार्यक्रमको विषयमा कुरा मिल्न नसक्दा निर्णय हुन सकेको छैन । सहमतीको पहलमा अमेरिकी बिदेशमन्त्री जोन केरी र इरानका बिदेशमन्त्री जवाद जरिफबीच चरण बद्ध वार्ता पनि भईरहेका छन् । बैठकमा अमेरिका, चिन, रुष, बेलायत, जर्मनी र फ्रान्स सहभागि छन् ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment