असोज २० - सोलुखुम्बुको खुम्जुङमा लेक लागेर एक जना ब्रिटिस नागरिकको मृत्यु भएको छ । करिब ५० बर्षिय महिला वील्डीङ डेब्रा को खुम्जुङ ७ फेरुचे स्थीत होटल फेमीलीमा मृत्यु भएको हो । सगरमाथाको आधार शिबिर सम्म पुगेर फर्किएका उनी हिजो बेलुकी उक्त होटलमा ग्रुप संगै बास बसेकी थिईन । आज बिहान सुतेकै काठामा मृत अबस्थामा भेटिएको प्रहरीले जनाएको छ । उनको शब पोष्ट मार्टमको लागी बिहान हेलीकोप्टर मार्फत काठमाडौँ लगीएको छ । उनी रेली–वाईज ट्रेकिङ एजेन्सी मार्फत खुम्बु क्षेत्रको भ्रमणका लागी आएका थिए । हाई अल्टीच्युटका कारण लेक लागेर खुम्बु क्षेत्रमा बर्षेनी बिदेशी पर्यटकहरुको मृत्यु भईरहेको छ ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment