असोज २८ –सिफारिस असमावेसी भएको भन्ने चर्काे विवाद बीच संसदको संसदीय सुनुवार्ई विशेष समितिले राष्ट्रिय मानव अधिकार आयोग पदाधिकारीको सुनुवार्ई प्रकृया अघि बढाउने भएको छ । आज बसेको समिति बैठकले भोली उजुरीकर्तालाई बोलाएर उजुरी सुन्ने र ३० र ३१ गते आयोगका पदाधिकारीलाई सुनुवार्ईका लागि बोलाउने कार्यतालिका पारित गरेको छ । आयोगका प्रस्ताविक अध्यक्ष अनुपराज शर्मा र सदस्य प्रकाशचन्द्र वस्ती विरुद्ध दुई–दुई, सुदिप पाठक विरुद्ध एक तथा तीन वटा नीतिगत उजुरी दर्ता भएका छन् । समितिले सिफारिस समावेसी नहुनुको कारण माग गरेपछि संवेैधानिक परिषदले पठाएको जवाफी पत्रमा आगामी दिनमा यस्ता सिफारिसलाई थप समावेशी बनाउने प्रतिवद्धता जनाईएपछि प्रक्रिया अघि बढेको हो ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment