कार्तिक १३ –उत्तर एन्टलान्टीक सन्धी संगठन (नेटो)ले पछिल्लो दुई दिनमा युरोपेली हवाई क्षेत्रमा रुसी सैन्य बिमानको गतिविधी बढेको जनाएको छ । नेटोले रुसी सैन्य बिमानको सक्रियतालाई असामान्य भएको समेत बताएको छ । नेटोका अनुसार काला सागर, बाल्टीक सागर, उत्तरी सागर र एन्लान्टीक् महासागरको आकाशमाथि ४ समुहमा रहेका रुसी सैन्य बिमानहरु घुमिरहेका छन । रुसको सैन्य गतिविधि बढेपछि यसको जवाफमा नर्वे, बेलायत, पोर्चुगल र जर्मनीले पनि आफ्ना बायु सैन्य बिमानलाई सो क्षेत्रमा सक्रिय बनाएका छन । युक्रेन संकटको पृष्ठभूमीमा नेटो र रुस बीचको तनाव चुलिएको छ । यस वर्ष युक्रेनको एक हिस्सा क्रिमिया रुसमा गाभिएपछि अमेरिका र युरोपेली देशले रुसमा प्रतिवन्ध लगाएका छन् ।

Post a Comment

 
Top