कार्तिक १३ –सरकारले नयाँ उद्योग व्यवसाय ऐन ल्याउने तयारी गरेको छ । आज छठ पूजामा अस्ताउँदो सूर्यलाई अर्घ दिन विराटनगरको सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहरमा पुग्नुभएका उद्योगमन्त्री महेश बस्नेतले सञ्चारकर्मीसँग कुरा गर्दै ऐन ल्याउनेतयारी भैरहेको बताउनुभएको हो । उद्योग ऐन आएपछि ५० हजार युवाले प्रत्यक्ष रोजगार पाउने समेत मन्त्री बस्नेतको दाबी छ । सो ऐनमा साना तथा ठूलो उद्योगलाई समेट्ने र सुनसरी मोरङ औद्योगिक करिडोर क्षेत्रको विकासका लागि सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । जुट उद्योग बन्द हुन थालेको खबरले आफू स्तब्ध भएको भन्दै मन्त्री बस्नेतले जुट उद्योग नेपालको इतिहास भएकाले बन्द रहेका त्यस्ता उद्योगलाई सरकारले सकेसम्म सहयोग गर्ने आश्वासन दिनुभयो ।
Home
»
»Unlabelled
» नयाँ उद्योग व्यवसाय ऐन ल्याउने तयारी
Subscribe to:
Post Comments (Atom)
Post a Comment