गोरखा, कार्तिक १३ –गोरखा जिल्लालाई सन् २०१४ भित्र खुल्ला दिशामुक्त घोषणा गर्ने अभियान स्वरुप गोरखा नगरपालिका पनि यहि कात्तिक मशान्त भित्रमा खुल्ला दिशामुक्त क्षेत्र घोषणा हुने भएको छ । खुल्ला दिशा मुक्त घोषणा गर्नको लागि अनुगमन कायृलाई तिव्रता दिईएको नगरपालिकाको कार्यकारी अधिकृत चन्द्रा थापा मगरले बताउनुभयो । नगरपालिकाको वडा नं. ७,९, १० र ११ मा पूर्ण रुपमा सौचालय निर्माण भईसकेको र बाकी वडाहरुमा पनि यहि २० गते भित्रमा सौचालय निर्माण भईसक्ने आज भएको अन्तरक्रिया कार्यक्रममा जनाईएको छ । वडा नं १ को पोखरीथोक, ३ को ढाड र ६ को सिमल गैरीमा सौचालय निर्माणमा ढिलाई भएको सौचालय निर्माणको लागि पद्धति विकास सेवा केन्द्र, गोरेटो गोरखा र स्वारा सघनले अभिमुखिकरण कार्यक्रम गर्ने भएको छ । जिल्लामा नगरपालिका सहित ३ वटा गाविस। विही, आरुपोखरी र सौरपानी खुल्ला दिशामुक्त क्षेत्र घोषणा हुन बाँकी रहेको छ । 

Post a Comment

 
Top