गोरखा, कार्तिक १३ –उत्तरी गोरखामा कालो भालुको आतंकको कारण स्थानियहरु त्रशित बनेका छन् । कालो भालुले उत्तरी क्षेत्रका ल्हो, प्रोक, लगायतका गाविसहरुमा भेडा, बाख्रा, याक, चौरी, गाई, गोरु लगायतका जनावरहरु मार्न थाले पछि स्थानियहरुलाई समस्या परेको छ । यस्तै जलवायू परिवर्तनका कारण उत्तरी गोरखाका मानव वस्तीहरु हिउ पहिरोको जोखीममा रहेको राष्ट्रिय प्रकृति कोष र मनाशलु संरक्षण क्षेत्रको आयोजनामा भएको जलवायू अनुकुलन व्यवस्थापन कार्ययोजना निर्माण सम्वन्धि सरोकारवालाहरुसंगको परामर्श गोष्ठिमा बताईएको छ ।
जलवायू परिवर्तनका कारण मनाशलु संरक्षण क्षेत्रमा पर्ने ७ गाविसहरु सर्दिवास, ल्हो, प्रोक, चुम्चेत, विही, छेकम्पार र सिर्दिबास गाविसमा तरकारी खेतिमा किरा लाग्ने, पहिलेको तुलनामा बाढि पहिरो बढि जाने, समय भन्दा अगावै हिमपात हुने जस्ता समस्या देखा परेको स्थानियलाई उदृध गर्दै अनुसन्धान कर्ताहरुले बताएका छन् । सो क्षेत्रमा अशिक्षा, जंगली जनावरको विगविगी, डढेलो, बाढि, पहिरो, महामारी जस्ता जोखीम रहेको पनि अनुसन्धान कर्ताहरुको भनाई छ । उत्तरी गोरखामा बर्षभरीको खेतिले ३÷४ महिना पनि खान नपुग्ने हुदा जीविकोपार्जनका लागि पर्यटन व्यवसाय राम्रो हुने भएको सो क्षेत्रका सम्पदाहरुलाई कसरी जलवायू अनुकुलन व्यवस्थापन गर्ने भनेर गोरखामा आजदेखी २ दिने गोष्ठि सुरु भएको छ ।

पर्यटनको राम्रो सम्भावना बोकेको मनाशलु संरक्षण क्षेत्रमा आर्थिक बर्ष २०७०÷०७१ मा ४ हजार ९ सय ७८ पर्यटक पुगेका छन् । यो बर्ष ६ हजार भन्दा बढि पर्यटक भित्र्याउने लक्ष्य राखिएको मनासशलु संरक्षण क्षेत्र आयोजनका प्रमुख राज कुमार गुरुङले बताउनुभयो । जम्मा २ प्रतिशत मात्र खेतियोग्य जमिन रहेको उत्तरी गोरखामा ५० प्रतिशत भुभाग खेति गर्न अयोग्य रहेका छन् । जडिवुटी र पर्यटनको प्रचुर सम्भावना बोकेको उत्तरी गोरखाको दिगो संरक्षण व्यवस्थापन गरे मात्र बुढि गण्डकी जलविद्युत आयोजना सफल हुने सरोकारवालाहरुले बताएका छन् ।
आज भएको गोष्टिको उद्घाटन कार्यक्रममा राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण विभागको उप–महानिर्देशक फणिन्द्र खरेलको अध्यक्षता र गोरखाको प्रमुख जिल्ला अधिकारी बेद प्रसाद खरेलको प्रमुख आतिथ्यता रहेको थियो । राष्ट्रिय प्रकृति संरक्षण कोषको कार्यकारी अधिकृत गंगाजंग थापाले स्वागत मन्तव्य राख्नुभएको थियो । त्यस्तै विज्ञ शान्त राज ज्ञवाली, जिविस प्रतिनिधि कल्प कुमार बस्नेत, प्रमुख जिल्ला अधिकारी बेद प्रसाद खरेलले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
गोष्ठिमा मनाशलु संरक्षण क्षेत्र आयोजनाका प्रमुख राजकुमार गुरुङ, श्याम थापा, जलवायू मैत्री मनाशलु संरक्षण क्षेत्र व्यवस्थापन योजनाका बारेमा डा. सुनिल कुमार रेग्मी लगायते कार्यपत्र प्रस्तु गर्नुभएको थियो ।
Post a Comment