आसोज १६ –हङकङमा प्रदर्शनमा उत्रिएका आन्दोलनकारीहरुले मुख्य कार्यकारी सी वाई लिउङको राजीनामा पनि माग गरेका छन । सन् २०१७ मा हुने निर्वाचनमा चीन सरकारले अपनाउन लागेको नीतिलाई उनीहरुले अप्रजातान्त्रीक भएकाले त्यसलाई सच्याउन माग समेत गरेका छन । गत सातादेखि हङकङको मुख्य सहर सिटी सेन्टरमा जम्मा भएका विद्यार्थी सहतिका प्रदर्शनकारीले चीनविरुद्ध नाराबाजी गर्दै प्रदर्शन जारी राखेका छन् । आन्दोलनकारीहरुले सरकारी कार्यालय नजिकको पार्कमा ¥याली र सार्वजनिक बहसको श्रृंखलाबद्ध कार्यक्रम समेत गरेका छन् । चीनको राष्ट्रिय दिवसका अवसरमा हङकङमा चिनियाँ राष्ट्रिय गान बजाएको विरोधमा विद्यार्थीहरुले विभिन्न सरकारी कार्यालयमा ढुंगामुढा गर्दै सडक अवरुद्धसमेत पारेका छन् । गत सातादेखि सुरु भएको साताव्यापी आन्दोलनको पहिलो दिन १३ हजार विद्यार्थीले कक्षा बहिष्कार गरेका थिए । यसलाई अक्टोबर १ मा प्रजातन्त्र समर्थकहरुको समूहले गर्न लागेको ‘अकुपाई सेन्ट्रल’ योजनाको सुरुआतका रुपमा समेत हेरिएको छ । चिनले भने  प्रजातन्त्र अमान्य भन्दै हङकङको नेतृत्व चयनका लागि खुला उम्मेदवारी अस्वीकार गरेको छ  । चीन सरकारले सन् २०१७ बाट हङकङका प्रमुख कार्यकारी प्रत्यक्ष चुनावबाट छान्ने प्रतिबद्धता व्यक्त गरेपनि उम्मेदवार आफैंले तोकेको व्यक्ति मात्र हुनुपर्ने जनाएको छ ।

Post a Comment

 
Top