गोरखा श्रावण १९ – स्तनपान गराउदा आफ्नो सौन्दर्यमा ह्रास आउँछ भनेर शिशुलाई आमाले स्तनपान नगराउने क्रम बढीरहेको आज गोरखा बजारमा आयोजित एक कार्यक्रमका बक्ताहरुले बताएका छन् । जसको कारण शिशुको स्वास्थ्य र आमा स्वयंको स्वास्थ्यमा गम्भीर असर पर्ने गरेको बक्ताहरुले बताएका छन् ।
विश्व स्तनपान सप्ताहको अवसरमा जिल्ला स्वास्थ्य कार्यालयद्वारा आयोजित पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा सो कुराको जानकारी गराइएको हो ।
कार्यक्रममा नेपालमा शिशु जन्मेको १ घण्टाभित्र ४५ प्रतिशत आमाहरुलेमात्र स्तनपान गराउने गरिएको र शिशु जन्मेको १ दिनभित्र ८५ प्रतिशत आमाहरुले स्तनपान गराउने गरिएको जानकारी गराइएको थियो । त्यसैगरी, जन्मेदेखि ६ महिनासम्म ७० प्रतिशत आमाहरुले मात्र स्तनपान गराउने, २ देखि ३ महिनासम्म ७४ प्रतिशत आमाहरुले मात्र स्तनपान गराउने गरिएको पाइएको छ ।
बाल मृत्युदर र रोग घटाउने उत्तम उपाय स्तनपान प्रवद्र्धन, उमेर अनुसार थप खाना, भिटामिन ए, जिन्क चक्कीको प्रयोग हुन् ।
कार्यक्रममा शिशु जन्मेको १ घण्टाभित्र नै आमाको दुध खुवाउनुपर्ने, शिशुलाई जन्मेदेखि ६ महिनासम्म आमाको दुधमात्र खुवाउनुपर्ने र शिशु ६ महिना पुरा भएपछि थप पोषिलो खाना साथै कम्तिमा २ वर्षको उमेरसम्म आमाको दुध खुवाउनुपर्ने जिल्ला स्वास्थ्य कार्यालयका नवराज खड्काले बताए ।
स्तनपान जीवनको एक अपरीहार्य लक्ष्य भन्ने मुल नाराकासाथ विश्व स्तनपान सप्ताहको अवसरमा गोरखा जिल्लामा पनि विविध कार्यक्रम गर्न लागेको पत्रकार भेटघाट कार्यंक्रममा बताएको छ ।

Post a Comment