पोखरामा नयाँ बस सञ्चालनको बिरोधमा उत्रिएका यातायात ब्यवसायीले शनिवारदेखि गण्डकी अञ्चलभर सार्वजनिक सवारी सञ्चालन नगर्ने घोषणा गरेका छन् । नेपाल यातायात ब्यवसायी राष्ट्रिय महासंघ गण्डकीको शुक्रवार वसेको आकस्मिक बैंठकले अञ्चलभरका सार्वजनिक सवारी ठप्प पार्ने निर्णय गरेको हो । समितिले बिज्ञप्ती जारी गर्दै अञ्चलभरका सबै सार्वजनिक सवारी बन्द गर्न र आबश्यक परे सवारीसाधन सहित सडकमा ओर्लन सदस्य संस्थाहरुलाई निर्देशन दिएको छ ।
पोखरा नगर क्षेत्रभित्र सञ्चालन गर्ने गरी विन्धवासिनी यातायात बस ब्यबसायी समितिका तीन वटा बसले रुट ईजाजत प्राप्त गरेपछि त्यसको बिरोधमा पुराना ब्यवसायी आन्दोलित भएका हुन् । पोखरामा थप नयाँ बसको आवश्यकता नरहेको र भएका समितिले यात्रुको आवश्यकता अनुसारको सेवा दिईरहेकाले नयाँ समितिको रुट ईजाजत खारेज हुनुपर्ने उनिहरुको माग छ । शुक्रवारबाट सेवा सुरु गरेको नयाँ बसलाई अबरोध गर्ने क्रममा पाँच जनालाई प्रहरीले पक्राउ गरेपछि दिनभर पोखराको सार्वजनिक सवारी ठप्प भएको थियो । ब्यबसायीले सडकका चोकचोकमा सवारी तेर्साएर अबरोध गरेपछि पोखरा नगर क्षेत्रमा चल्ने र पोखरा हुदै बाहिरिने सवारी प्रभाबित भएका थिए ।
शनिवारदेखि सवारी साधन सहित चक्काजाम गर्ने र मोटरसाईकल बाहेक अन्य कुनै सवारी सञ्चालनमा आउन नदिने समितिका सहसंयोजक योगेन्द्र बहादुर केसीले बताए । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको निर्देशनपछि यातायात ब्यबस्था विभागको पत्रका आधारमा यातायात ब्यबस्था कार्यालय गण्डकीले माघ १८ गते नयाँ समितिलाई बस सञ्चालनको रुट ईजाजत प्रदान गरेको थियो ।
Post a Comment