सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर गएको भूकम्पको धक्का महशुस भएपछि भाग्ने क्रममा काठमाडौंको अनामनगरमा १० जना भारतीय घाइते भएका छन् । पुल बनाउने कामदार बसेको घरको सिसा फुटेर उनीहरु घाइते भएका हुन् । १४ जना मध्ये १० जना घाइते भएका छन् । उनीहरुलाई पुरानो सिनामंगलस्थित मदरल्याण्ड अस्पताल लगिएको छ । अस्पतालका डा.नरेश कार्कीका अनुसार उनीहरुको अवस्था सामान्य छ । २२ माघ राति १०ः०५ बजे सिन्धुपाल्चोक केन्द्र बनाएर ५।५ म्याग्निच्यूडको भूकम्प गएको थियो ।

Post a Comment

 
Top