हिमालय टेलिभिजनका पत्रकारका सबै माग पूरा
३ असार, काठमाडौं । हिमालय टेलिभिजनको व्यवस्थापन पक्ष पत्रकारहरुको बाँकी पारिश्रमिक असार १० गते भित्र उपलब्ध गराउन सहमत भएको छ । ०७१ चैत मसान्तसम्मको पारिश्रमिक आजै र बाँकी दुई महिनाको पारिश्रमिक असार १० गतेभित्र दिने सहमति भएको हो ।
तीन महिनादेखि तलब नपाएपछि नेपाल पत्रकार महासंघको समेत सहभागीतामा हिमालय टेलिभिजनमा कार्यरत पत्रकारहरुले आन्दोलन गर्दै आएका थिए । विहीबार टेलिभिजन व्यवस्थापन पक्ष, महासंघ र त्यहाँ कार्यरत पत्रकारका प्रतिनिधिबीच वार्ता भएको थियो । वार्तामा पत्रकारहरुले राखेका ५ बुँदे माग पूरा गर्न व्यवस्थापन पक्ष सहमत भएको नेपाल पत्रकार महासंघका सचिव ध्रुव लम्सालले जानकारी दिए ।सहमति पत्रमा हिमालय टिभीका कार्यकारी निर्देशक च्याङ अग्रवाल, नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्ट र महासंघ प्रतिष्ठान शाखा अध्यक्ष वाइपी घिमिरेले हस्ताक्षर गरेका छन् । यसअघि यही असार १ गते महासंघकै उपस्थितिमा भएको वार्तामा एभिन्यूज टेलिभिजन ३ दिन भित्र सबै पारिश्रमिक उपलब्ध गराउन सहमत भएको थियो ।
Post a Comment