कर तिरौं सभ्य नागरिक वनौ भन्ने मुल नाराका साथ यही असार ३ गते देखी लेखनाथ नगरपालिकाका सम्पूर्ण वडाहरुमा व्यवसाय कर संकलन गरिने भएको छ । आ. व. २०७१÷०७२ सम्ममा पेशा व्यवसाय दत्र्ता तथा संचालन गर्नुभएका व्यवसायीहरुले लेखनाथ नगरपालिकालाई वुझाउनुपर्ने व्यवसाय कर उठाउन लेखनाथ नगरपालिका र लेखनाथ उद्योग वाणिज्य संघवाट टोली यही ३ गते देखीे २२ गते सम्म घर दैलोमानै गई व्यवसाय कर संकलन गरिने कुरा लेखनाथ उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य एवं व्यवसाय कर संकलन उपसमितिका संयोजक मे.रामप्रसाद गुरुङले वताउनुभयो । व्यवसाय कर संकलनको पहिलो दिन लेखनाथ नगरपालिका वडा न. ४ र ५ मा एक टोली, २, ३ र ६ मा एक टोली र १ र १२ मा अर्को टोली गरि तिन टोलीवाट व्यवसाय कर संकलन गरिने छ । यसै प्रकारले असार २२ गते सम्म नगरपालिकाका सम्पुर्ण वडाहरुमा व्यवसाय कर संकलन गरिने संयोजक मे.रामप्रसाद गुरुङले वताउनुभयो । व्यवसाय कर संकलनका लागि लेखनाथ नगरपालिका र लेखनाथ उद्योग वाणिज्य संघका कर्मचारीहरु स्थलगत अभियानका रुपमा व्यवसाय कर संकलन गरिएको छ । सम्पुर्ण नगरका व्यवसायीहरुलाई घर दैलोमै आई कर संकलन गर्ने टोलीलाई आफ्नो कर वुझाई सहयोग गरिदिनुहुन समेत संयोजक गुरुङले अनुरोध गर्नुभयो ।
व्यवसाय कर संकलन शूरु

Post a Comment