नेपाली भाषा शिक्षक परिषद् कास्कीद्धारा गोष्ठी आयोजना
लेखनाथ ३ असार
नेपाली भाषाको उन्नयनका निम्ति भाषा सभ्यताको संवाहक हो भन्ने मान्यता वोकेर स्थापित नेपाली भाषा शिक्षक परिषद् कास्कीले शनिवार गोष्ठी आयोजना गर्ने भएको छ । आधारभूत तहमा नेपाली भाषा शिक्षणलाई सरल सहज र प्रभावकारी वनाउन सघाउ पुर्यानका लागि आधारभूत तहको नेपाली भाषा विषय शिक्षक अभिमुखिकरण गोष्ठि सञ्चालन गर्न लागिएको परिषद्का अध्यक्ष लोकचन्द्र खनालले जानकारी दिएका छन् । गोष्ठीमा पाठ्यक्रम विष्लेषण, प्रश्नपत्र तथा विशिष्टीकरण तालिका निर्माण, प्रयोगात्मक मुल्याङ्कन तथा निरन्तर विद्यार्थी मुल्याङ्कन जस्ता विषयमा अभिमुखिकरण गोष्ठीको आयोजना गरीएको सुर्यप्रसाद लम्सालले वताएका छन् । तालिममा कास्की जिल्ला भित्रका विभिन्न विद्यालयका आधारभूत तहमा अध्यापन गराउने शिक्षक शिक्षिकाहरुको सहभागीता रहने तथा पाठ्क्रमविद् डा खगेन्द्र लुईटेलले सहजीकरण गर्ने संस्था सचिव डिल्लीराम अर्यालले जानकारी दिएका छन् ।

Post a Comment

 
Top