यसअघि एल क्लासिकोमा चिर प्रतिद्वन्द्वी रियल म्याड्रिडसँग ३–१ गोल अन्तरले पराजित भएको बार्सिलोना ज्वाकीन लारिभीको एक मात्र गोलको मद्दतले स्तब्ध भएको हो । सन् २००९ पछि पहिलोपल्ट ला लिगामा बार्सिलोनाले लगातार दोस्रो खेलमा हार बेहोरेको हो । आफ्नो गृह मैदानमा ५७ खेलपछि पहिलोपल्ट चुकेको हो । ला लिगाको सर्वाधिक गोलकर्ता बन्न मात्र २ गोलले पछि रहेका लियोनेल मेस्सीले उक्त किर्तिमान भंग गर्नु अझै पर्खनुपर्ने भएको छ । रियलसँगको खेलअघि एक गोल पनि नखाएका बार्सिलोनाका गोलकिपर क्लाउडियो ब्राभोले लागातार दोस्रो खेलमा गोल खाएका छन् । बार्सिलोनाको हारको सिधा फाइदा रियललाई पुगेको छ । ग्रानाडालाई हराउँदै रियल लिगको पहिलो स्थानमा उक्लेको छ ।

Post a Comment

 
Top