असोज २० –ब्राजिलमा भएको राष्ट्रपतीय निर्वाचनमा वर्तमान राष्ट्रपति डिल्मा रुसेफलाई बढी मत प्राप्त हुने आँकलन गरिएको छ । निर्वाचनबारे भएका सर्वेक्षणले रुसेफलाई ४४ प्रतिशत जनताको मत प्राप्त हुने देखाएको छ । तर, ५० प्रतिशत भन्दा बढी मत नाआउने भएकाले यो निर्वाचनबाट रुसेफ राष्ट्रपति निर्वाचित हुन नसक्ने र दोस्रो चरणको निर्वाचनले मात्र राष्ट्रतिको छिनोफानोे हुने सर्वेक्षणहरुको निष्कर्ष छ । रुसेफका निकटतम प्रतिद्वन्द्वी नेता एसियो नेविसलाई ३५ प्रतिशत मत प्राप्त हुने अपेक्षा गरिएको छ । यस्तै अर्का उम्मेदवार मरिना सिल्वालाई २० प्रतिशत जनताले मत हालेको  प्रारम्भिक अनुमान छ । रुसेफले आफु स्पष्ट बहुमतसहित अर्को ार्यकालका लागि पुन निर्वाचित हुने दावी गरेपनि अन्य दुई उम्मेदवारबचिकाृ कडा प्रतिस्पर्धाले उहाँको मत घटेको सर्वोक्षणकर्ताहरुको भनाई छ । ब्राजिलमा यो निर्वाचनबाट राष्ट्रपति निवाृचित नभए आगामी अक्टोबर २६ मा अर्को चरणको चुनाव हुनेछ । 

Post a Comment

 
Top