आसोज १६ –बडादसँैको आठौं दिन आज मुलुकभर दुर्गा भवानीको पूजा आराधना गरी महाअष्टमी पर्व मनाइँदै छ । आजको दिन दसैंघर र कोतलगायत देशका विभिन्न शक्तिपीठमा बलिसहित पूजाअर्चना तथा दुर्गा सप्तशती पाठ गर्ने परम्परा छ । बडादसैंको आठौं दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको बिशेष पूजाआजा गर्ने गरिन्छ ।
आज काठमाडौं उपत्यकाभित्रका दक्षिणकाली, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभाभगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, बज्रयोगिनी, सङकटा, बज्रबाराहीलगायतका मन्दिरहरुमा बलि चढाउने र पूजा आराधना गर्नेहरुको बिहानदेखि घुइँचो लागेको छ । यसैगरी, राजधानी बाहिर काभ्रेको पलाञ्चोक भगवती र बनेपाको चण्डेश्वरी, गोरखाको मनकामना, वीरगन्जको गहवामाई, सप्तरीको छिन्नमस्ता भगवती, जनकपुरको राजदेवी, डडेल्धुराको उग्रतारालगायतका मन्दिरहरुमा भगवतीको पूजाअर्चना गर्ने प्रचलन छ । आज दसैँघर तथा जमराकोठामा दुर्गापूजा गर्नाका साथै फलामबाट बनाइएका हातहतियार र सवारी साधनलाई सफासुग्घर गरी बलिसहित पूजा गरिन्छ ।
पशुबली नचढाउनेहरुले आजको दिन जमराकोठामा घिरौला, कुभिन्डो, मूला आदि बलि दिई दुर्गा भवानीलाई खीर तथा नरिवल चढाउने गर्छन् । हनुमानढोकाको दसैँघरमा आज मध्यरातमा दुर्गा भवानीको पूजाअर्चना र हर्ष बढाइँका साथै ५४ राँगा र ५४ बोकाको बलि दिई कालरात्रि मनाउने चलन छ । यस पर्वमा कोतहरुमा हर्षबढाइँका साथ कोतपूजा र निशानपूजा पनि गरिन्छ । महाअष्टमीका अवसरमा बिहान हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक तथा गुल्महरुमा बाजागाजासहित बलि दिएर जङगी निशानपूजा तथा कोतपूजा गर्ने प्रचलन छ ।

Post a Comment