कात्र्तिक १ –इबोला भाइरसको संक्रमण रोक्न प्रभावकारी कदम नचालेको भन्दै विश्व स्वास्थ्य संगठनको आलोचना भएको छ । विश्व स्वास्थ्य संगठनले नै तयार पारेको आन्तरिक प्रतिवेदनमा इबोला विरुद्धको कदम प्रभावकारी नभएको उल्लेख छ ।
सो प्रतिवेदनमा उल्लेख विवरणहरु बाहिर सार्बजनिक भएपछि विश्व स्वास्थ्य संगठनको आलोचना भएको हो । इबोला विरुद्धको अभियानमा असक्षम कर्मचारीलाई परिचालन गरिएकोले विश्व स्वास्थ्य संगठनको कार्यप्रणाली सुस्त रहेको प्रतिवेदनमा उल्लेख छ । कर्मचारीहरुको अक्षमता र सूचना आदान प्रदान प्रभावकारी नहुदा इबोलाको महामारी गाउँबाट शहरसम्म फैलिएको संगठनको ठहर छ ।
पश्चिम अफ्रिकामा इबोला भाइरसको संक्रमण फैलिदै गएपछि खाने पीउने चीजको मूल्यमा नाटकीय बृद्धि हुदा सर्बसाधारण थप समस्यामा परेको बीबीसीले जनाएको छ । संयुक्त राष्ट्रसंघका महासचिव वान की मुनले इबोला प्रभावितहरुका लागि १० अर्ब डलर बराबरको राहत कोष घोषणा गर्दै कोषमा सहयोग गर्न सबैलाई आग्रह गर्नुभएको छ ।

Post a Comment

 
Top