गोरखा, असोज २४ –अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गोरखाले आज मानव अधिकार वर्ष पुस्तकको त्रैमासिक पूर्व समिक्षा कार्यक्रम सम्पन्न गरेको छ । इन्सेक प्रतिनिधी नरहरी सापकोटाले सन् २०१४ जुलाई देखि सेप्टेम्बर महिना सम्ममा गोरखामा घटेका मानव अधिकार उल्लंघन र ज्याजतिका घटनाहरुको प्रतिवेदन प्रस्तुत गर्दै राज्यपक्ष बाट भएको हत्या र गरिएको कारबाही, बलात्कार, बलात्कारको प्रयास, यौन दुव्र्यवहार, महिला विरुद्ध भएका भेदभाव तथा दुव्र्यवहार र बहुबिवाह सम्बन्धि घटना, उजुरी र कारवाहीको अवस्थाको विषयमा जानकारी गराएका थिए ।
कार्यक्रममा एनेकपा माओवादीका जिल्ला उपाध्यक्ष विष्णु भट्ट, नेपाली काँग्रेसका सुकदेव दवाडी, नेकपा माओवादीका परशुराम रम्तेल, प्रमुख जिल्ला अधिकारी वेद प्रसाद खरेल, प्रहरी नायव उपरीक्षक रमेश थापा, पत्रकार महासंघका अध्यक्ष भिमलाल श्रेष्ठ, मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय कोषाध्यक्ष स्थानेश्वर दुवाडी, प्याब्सन गोरखाका अध्यक्ष सिताराम तिवारी, मानव अधिकार तथा शान्ति समाजका जिल्ला अध्यक्ष यदु अधिकारी, सामुदायीक रेडियो प्रचारक संघका केन्द्रिय उपाध्यक्ष किशोर थापा, महिला विकास अधिकृत सिता अधिकारी लगायत जिल्लामा क्रियाशिल पत्रकार हरुको उपस्थिति रहेको थियो ।
इन्सेकले विगत तिन वर्ष देखि प्रत्येक ३÷३ महिनामा जिल्लास्तरमा मानवअधिकार उल्लघंन र ज्याजतिका घटनाहरुको पूर्व समिक्षा कार्यक्रम गर्दै आएको छ ।

Post a Comment