गोरखा, असोज १९ – गोरखाको पर्यटकीय गाउँ लाप्राकमा जस्ताले घर छाउन नपाइने भएको छ । गाउँलेले लाप्राकको पूरानो बस्तीका घरमा लगाइएको जस्ताको छानो हटाएर ढुङगाको छानो राख्ने निर्णय गरेका छन् । गाविसस्तरीय राजनीतिक दल, समाजसेवी, नागरिक समाज, पर्यटन व्यवसायीको संयुक्त बैठकले जस्ताले छाएका घरहरुको छानोमा अनिवार्य ढुङगा लगाउने निर्णय गरेको हो । फ्रान्सेली संस्था ले जामी द लाप्राक अर्थात लाप्राकको साथीको पहलमा बस्तीमा ढुङगाको छानो राख्ने निर्णय भएको लाप्राकका राज गुरुङले जानकारी दिनुभयो ।
ढुङगाको छानोको ठाउँमा जस्ताले घरको छानो छाएपछि गाउको सुन्दरता बिग्रिएको भन्दै गाउँलेहरुले पुरानो संरचनालाई यथावत राख्न घरमा अनिवार्य ढुङगाले छाउनुपर्ने निर्णय गरेको गुरुङ्गले बताउनुभयो । फ्रान्सेली संस्थाले घर छाउनका लागि आर्थिक सहयोग गर्ने गुरुङको भनाइ छ । बैठकले सिमेन्ट, बालुवाको प्रयोग गरेर घरहरु बनाउन नपाउने निर्णय गरेको गुरुङले जानकारी दिनुभयो । लाप्राकमा झुरुप्प परेको बस्ती छ । सबै वडा एउटै गाउँमा छ । त्यहाँ ५०० घरधुरी छन् ।

Post a Comment