ऐश्वर्या राय बच्चन हिन्दी फिल्म जगतमा मात्र होइन विश्वकै सुन्दरीकोरुपमा पहिचान बनाउन सफल अभिनेत्री हुन् ।

१९९४ मा मिस इण्डियाकी उपविजेता ऐश्वर्याले त्यसैवर्ष विश्व सुन्दरी प्रतियोगिताको ताज पहिरिएकी थिइन् । त्यसपछि मात्र ऐश्वर्याको सुपरस्टार यात्रा शुरु भएको थियो ।



कर्नाटकको मध्यम परिवारमा जन्मेकी ऐश्वर्या मोडेलिङबाट बलिउड छिरेकी हुन् ।

९ कक्षमा पढ्ने बेलामै मोडलिङको अफर पाएकी ऐश्वर्याले त्यतिबेला नै कोक र फुजीको विज्ञापन गरेकी थिइन् ।

१९९१ मा सुपर मोडेल कन्टेस्ट जितेपछि ऐश्वर्या अमेरिकी म्यागजिनमा कभर पेजमा आएकी थिइन् ।


१९९३ मा आमिर खानसँग कोकको विज्ञापन खेलेपछि उनको सुन्दरताको चर्चा चुलियो । सन् १९९४ मा त उनले मिसवर्ल्ड नै जितिन् ।

सबैको आँखामा सपनाकी रानी रहेकी ऐश्वर्या सलमान खानसँगको चर्चित प्रेम सम्बन्ध तोडेर बच्चन परिवारमा बुहारी बनेकी थिइन् । अहिले आमा भैसक्दा पनि उनको सुन्दरताको चर्चा भने सेलाएको छैन ।

Post a Comment

 
Top