गोरखा, भाद्र १७ – नेपाल लेखापढी कानुन व्यवसायी एसोसियसन गोरखाको १८ औ बार्षिक साधरण सभा तथा ७ औ बार्षिक अधिवेशन आज सम्पन्न भएको छ । अधिवेशनले ऋषि राम देवकोटाको अध्यक्षतामा ९ सदस्यीय एसोसिएसन गठन भएको छ । जसको उपाध्यक्षमा सोम प्रसाद रेग्मी, सचिवमा हरी प्रसाद पोखरेल, सह–सचिवमा ठाकुर प्रसाद लामिछाने, कोषाध्यक्षमा हरी प्रसाद घिमिरे चयन हुनुभएको छ । त्यस्तै सदस्यहरुमा होम बहादुर श्रेष्ठ, सृजना लामिछाने, भोजराज पाठक, विष्णु बहादुर कुवँर चयन हुनुभएको छ । एसोसियसनले लेखापढिमा टेवा पु¥याउने, सेवाग्राहीहरुलाई सहज र सरल रुपमा सेवा उपलव्ध गराउने एसोसिएसनका नवनिर्वाचित सह–सचिव ठाकुर प्रसाद लामिछानेले जानकारी दिनुभयो । गोरखामा प्रमाणपत्र प्राप्त लेखापढिको संख्या ३६ रहेको छ ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment