गोरखा श्रावण २२ –गोरखामा आज जिप दुर्घटना हुदा घटना स्थलमै एक जनाको मृत्यू भएको छ । जिप दुर्घटनामा परि हर्मी ३ की समुन्द्रा देबकोटा (सापकोटा) को मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आज बिहान १० बजेर ५० मिनेट जादा ग १ च ९२६२ नम्बरको जिप बाह्रकिलोमा दुर्घटना भएको हो । दुर्घटनामा परी अन्य २० जना घाइते भएका छन् । दुर्घटनामा परि गम्भिर घाईते एक जना ४० बर्षिय बिस गुरुङ्गलाई काठमाण्डौको बि एण्ड वि अस्पतालमा रिफर गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा परि गम्भिर घाईते अन्य १५ जनालाई चितवनको मेडिकमल कलेजमा पठाईएको छ । दुर्घटनामा परी गम्भिर घाइते मिर्कोटकी बिन्दा लामाको कट्टिको हाड भाचिएको कारण पिसाबमा रगत आएको र उनको ८ महिने छोरा समर्पण लामाको दुबै खुट्टा भाचिएको प्रहरीले जनाएको छ ।
गम्भिर घाईते हुनेहरुमा खरिबोट २ का वर्ष २८ का सुक बहादुर सार्की, कावासोती ३ बस्ने बर्ष ६३ का देबी न्यौपाने, सोही ठाउँका बर्ष ४० का शान्तजी न्यौपाने आपपिपल २ बस्ने बर्ष २१ की सुमित्रा उपरकोटी, सोही ठाउँका २० वर्षीय बिनोद अधिकारी, खरिबोटका बिनोद सार्की रहेका छन् । त्यस्तै गम्भिर घाइतेहरुमा गोनपा १० का ३६ वर्षीय माया बराम, मनकामना ६ बस्ने बर्ष ४२ को नानु श्रेष्ठ र हंसपुर ६ बस्ने वर्ष २५ की पार्वती गुरुङ रहेको प्रहरीले जनाएको छ । अन्यको भने विवरण आउन बाकी रहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
अन्य ४ जना भने गोरखा हस्पिटलमा सामान्य उपचार पछि घर फर्केका छन् । सामान्य घाइते भएका गोरखा नगरपालिका २ बस्ने बर्ष ४२ की यम कुमारी गुरुङ्ग, खरिबोट वडा नं. ७ का बर्ष २० का कैलाश गुरुङ्ग, जौवारी ५ कि बर्ष २८ की अमृता तामाङ्ग र जौवारी ४ की प्रतिक्षा तामाङ्ग गोरखा हस्पिटलमा सामान्य उपचार पछि घर फर्किसकेका प्रहरीले जनाएको छ । जिप चालक भने फरार रहेको र खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ ।

Post a Comment