गोरखा भाद्र ७ –१४९ औ मोति जयन्ती गोरखामा नेपाली लेखक सघं र गजल गृह गोरखाको संयुक्त आयोजनामा गोरखा बजारमा सम्पन्न भएको छ । मोतिराम भट्टले नेपाली साहित्यमा गजल बिद्याको सुत्रपात गर्दाै गजलमा श्रृङगारीक धाराको सुरु गरेका थिए । नेपाली लेखक संघका केन्द्रिय महासचिब बियोगि बुढाथोकी र मोति पुरस्कार पाप्त रत्नमणि नेपाल प्रमुख आथिथ्यता रहेको थियोे ।
गजल गृहका अध्यक्ष रमेश भट्ट र नेपाली लेखक संघका अध्यक्ष उदयराज भट्टको सम्यक्त सभापतित्व भएको थियो. । सहभागि नँया तथा पुराना कबि तथा गजलकारहरुले मोतिलाई सम्झिएका थिए । छोटो समयमा धेरै साहित्यमा आफ्ना कृतिहरु दिएका थिए । गोरखा, लमजुङ, चितवन लगायतका कवि तथा गजलकारहरुले मोतिराम भट्टको साहित्यीक यागदानको चर्चा गर्नुभएको थियो । हरी सास्कृतिक कला केन्द्रका सचिब तथा नेपाली लेखक संघका सदस्य रुद्रनाथ पोखरेलले गजलका नियम तथा गजलका बारेमा .चर्चा गर्नु भएको थियो ।  मोतिराम भट्टलाई कसैले गजलको रुपबाट त कसैले कबिताको माध्यमबाट सम्झिएका थिए । सयौको सङ्ख्यामा उपस्तिथ नब गजलकारले आफुले लेखेका गजल प्रस्तुत गर्दा  दर्शकको वाह वाहा तथा तालिले हल गुन्जायमान भएको थियो । कार्यक्रममा मोतिराम भट्टको जन्म जयन्ती तथा साहित्यीक गोष्ठीमा बोल्ने सबै राजनैतिक दलले मोतिराम भट्टको खुलेर प्रसंसा गर्दै जुन सुकै कामको सुरु पनि साहित्यबाटै हुने बताएका थिए  । नेपाली साहित्यमा फस्टाउदो बिद्या गजलको मोतिराम भट्टले सुरु गरेको श्रृगारिक धारलाई पछ्याउदै सहभागी हरुले यसरी मोतिराम भट्टलाई यसरी सम्झिएका थिए ।

Post a Comment

 
Top