गोरखा भाद्र ३ – गत साउन ३० गते शुक्रबार गोरखाको फिनाम गाविस वडा नं. ६ स्थित पन्थेस्वरी स्थित पन्थेस्वरी प्राविमा स्कुल नजिकैको डाँडो पहिरीएर ज्यान गुमाएका तिन जना मृतक अभिभावकहरुको घरमै गई प्रमुख जिल्ला अधिकारी सहितको टोलीले सरकारले उपलव्ध गराएको प्रति व्यक्ति रु ४० हजार राहत प्रदान गरेको छ । आज मृतकको घरमा पुगी प्रमुख जिल्ला अधिकारी वेद प्रसाद खरेल, प्रहरी नायव उपरिक्षक रमेश थापा, शसस्त्र प्रहरी प्रमुख कुमार श्रेष्ठ सहितको टोलीले राहत उपलव्ध गराएको प्रमुख जिल्ला अधिकारी वेद प्रसाद खरेलले जानकारी दिनुभयो । पहिरोमा परि सोही स्थान निवासी ४६ बर्षिय हिरामाया बयलकोटी, ४० बर्षिय किरण सिर्मल र ३५ बर्षिय देउमाया सिर्मलको ज्यान गएको थियो ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment