गोरखा भाद्र ३ –साउन २९ गते बिहिबार सिमजुङ गाविस वडा नं. ६ को सिरानडाँडामा गोरु काटेको बिषयमा प्रहरी र स्थानिय विच भनाभन हुदा प्रहरीले चलाएको गोली लागि घाईते भएका ६२ बर्षिय लाक्पा तामाङको उचित क्षती पुर्तीको माग गर्दै आदिवासी जनजाति महासंघले जिल्ला प्रशाशन घेराउ गरका छन् । निर्दोश तामाङ माथि प्रहरीले गोली प्रहार गरेको प्रति उनिहरु आक्रोशित भएका छन् । तामाङको उपचारको क्रममा हिजो काठमाण्डौको विर अस्पतालमा निधन भएको हो । गोरखाका प्रहरी नायव उपरिक्षक रमेश थापाले घटना बारे अनुसन्धान गर्न पोखराबाट अनुसन्धान टोली आउने र दोषी माथी हदैसम्मको कारबाही गरिने बताउनुभएको छ । गोली काण्डको विषयलाई लिएर संसदमा पनि कुरा उठेको थियो । आदिवासी जनजातिको केन्द्रिय नेतृत्व र गृह मन्त्रालय विच भएको बार्तामा मृतकलाई १० लाख क्षति पुर्ति दिने र मृतकको शव पोष्टमार्टम गरी गाउँमै पु¥याइदिने मौखीक सहमति भएको प्रमुख जिल्ला अधिकारी वेद प्रसाद खरेलले जानकारी दिनुभयो ।
आदिवासी जनजाति यूवा महासंघका अध्यक्ष दिनेश तमु, मगर संघ तथा एमालेका पार्टी प्रतिनिधि खिल बहादुर राना , आदिवासी जनजाति महासंघका पूर्व उपाध्यक्ष टेक बहादुर गुरुङ, राष्ट्रिय आदिवासी जनजाति महिला महासंघका अध्यक्ष नानुमाया थापा मगर, एनेकपा माओवादीका पार्टी प्रतिनिधि तथा मगर संघका सल्लाहाकार कृष्ण राना मगर, महासंघका अध्यक्ष विष्णु राना मगरले धर्ना कार्यक्रमलाई सम्वोधन गर्नुभएको थियो ।

Post a Comment