गोरखा भाद्र ३ –आर्थिक बर्ष २०७०÷०७१ मा गोरखामा सवारी दुर्घटनामा परी ७ जनाले ज्यान गुमाएको जिल्ला ट्राफिक कार्यालय गोरखाको तथ्याङकले देखाएको छ । जिल्लामा भएको ८ वटा सवारी दुर्घटनामा ७ जनाले ज्यान गुमाएको र ४ जना घाईते भएको जिल्ला ट्राफिक प्रमुख प्रविण आचार्यले बताउनुभयो । आर्थिक बर्ष ०६९÷७० को तुलनामा यो आर्थिक बर्षमा सवारी दुर्घटनामा कमी आएको हो । अघिल्लो आर्थिक बर्षमा १३ वटा सवारी दुर्घटना भएको र दुर्घटनामा परी १० जनाले ज्यान गुमाएका थिए । पछिल्लो समयमा गोरखामा ट्राफिक नियम कडा रुपले लागु गरिएकोले ट्राफिक नियम पालना गरेर सवारी साधन चलाएका कारण दुर्घटनामा कमी आएको कार्यालय प्रमुख प्रविण आचार्यको भनाई छ । नया आर्थिक बर्ष सुरु भएपछि साउन महिनामा मात्रै ट्राफिक कार्यालयले १ लाख ३३ हजार ८ सय राजस्व संकलन गरेको छ । ५ सय ४१ वटा सवारी कारबाहीबाट सो रकम संकलन गरेको हो । साउन महिनामा ८ वटा सवारी साधन मादक पदार्थ सेवन गरी चलाएको कारण कावाहीमा परेका थिए ।
आर्थिक बर्ष २०७०÷०७१ मा जिल्ला ट्राफिक प्रहरी कार्यालयले विभिन्न सवारी कारवाहीबाट १७ लाख १६ हजार ५ सय ५० राजस्व संकलन गरेको छ ।
आर्थिक बर्ष २०७०÷०७१ मा जिल्ला ट्राफिक प्रहरी कार्यालयले विभिन्न सवारी कारवाहीबाट १७ लाख १६ हजार ५ सय ५० राजस्व संकलन गरेको छ ।
Post a Comment