गोरखा भाद्र २ –साउन २९ गते बिहिबार सिमजुङ गाविस वडा नं. ६ को सिरानडाँडामा गोरु काटेको बिषयमा प्रहरी र स्थानिय विच भनाभन हुदा प्रहरीले चलाएको गोली लागि घाईते भएका ६२ बर्षिय लाक्पा तामाङको उपचारको क्रममा काठमाण्डौमा मृत्यू भएको प्रहरी नायव उपरिक्षक रमेश थापाले बताउनुभयो । काठमाण्डौको विर हस्पिटलमा उपचारको क्रममा तामाङको मृत्यू भएको हो । मृतक तामाङको उचित क्षतिपुर्ति सहित विभिन्न ८ बुदे माग राखी आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् गोरखाले प्रमुख जिल्ला अधिकारी वेद प्रसाद खरेललाई आज ज्ञापन पत्र बुझाएको छ । महासंघले मृतकलाई १० लाख क्षति पूर्ति दिनुपर्ने, गोली चलाउने सीपाहीलाई कर्तव्य ज्यान मुद्धा दर्ता गरी कारवाही गर्नुपर्ने, इलाका प्रहरी कार्यालयका असई लाई विभागीय कारबाही हुनुपर्ने, धर्म निरपेक्षता र स्वतन्त्र रुपमा आफ्ना धर्म, सस्सार, संस्कृति मान्न पाउनुपर्ने ग्यारेण्टी हुनुपर्ने लगायतका माग अघि सारेको छ । गोरखाका प्रहरी नायव उपरिक्षक रमेश थापाले घटना बारे अनुसन्धान गर्न पोखराबाट अनुसन्धान टोली आउने र दोषी माथी हदैसम्मको कारबाही गरिने बताउनुभएको छ । गोली काण्डको विषयलाई लिएर संसदमा पनि कुरा उठेको थियो ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment