गोरखा भाद्र २ –गत साउन ३० गते शुक्रबार गोरखाको फिनाम गाविस वडा नं. ६ स्थित पन्थेस्वरीमा पन्थेस्वरी प्राविमा स्कुल नजिकैको डाँडो पहिरीएर ज्यान गुमाएका तिन जना मृतक अभिभावकहरुलाई प्रति व्यक्ति सरकारले रु ४० हजार राहत उपलब्ध  गराएको छ । तर मृतकका आफन्त अहिले सम्म राहत लिन जिल्ला विकास समितिमा नआएको प्रमुख जिल्ला अधिकारी वेद प्रसाद खरेलले बताउनुभयो । उहाँले मृतकका आफन्त जुन समयमा आएपनि तत्काल राहत उपलव्ध गराउने बताउनुभयो । उहाँले भन्नुभयो “मृतकका आफन्त अहिले राहत लिन आए हामी अहिले नै उपलव्ध गराउछौ” । पहिरोमा परि सोही स्थान निवासी ४६ बर्षिय हिरामाया बयलकोटी, ४० बर्षिय किरण सिर्मल र ३५ बर्षिय देउमाया सिर्मलको ज्यान गएको थियो ।

Post a Comment

 
Top