गोरखा भाद्र २ –जेष्ठ नागरिक सामाज गोरखाले आज ३५ जना जेष्ठ नागरिकहरुलाई जेष्ठ नागरिक परिचय पत्र प्रदान गरेको छ । जेष्ठ नागरिक परिचय पत्र भएकाहरुलाई सार्वजनिक सवारी साधनमा ५० प्रतिशत छुट दिइने भएको छ । जेष्ठ नागरीक समाजको आयोजनामा जेसिस प्रतिक्षालय बर्षपार्कमा भएको कार्यक्रममा जेष्ठ नागरिक समाज गोरखाका अध्यक्ष मोहन लाल श्रेष्ठको सभापतित्व र गोरखाका प्रमुख जिल्ला अधिकारी वेद प्रसाद खरेलको प्रमुख आतिथ्यता रहेको थियो
जेष्ठ नागरीकहरुलाई परिचय पत्र बितरण कार्यक्रममा पृथ्वी यातायत कार्यलय प्रमुख राजन ढुङ्गाना, पृथ्वी यातायातका प्रेम बोगटी, गोरखा यातायतका अध्यक्ष नारायण खत्री, जिल्ला प्रहरी कार्यलायका प्रहरी निरीक्षक दिपक श्रेष्ठ, स्वतन्त्र मदजुरका सचिव दिल्लीराम भट्ट लगाएतको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी वेद प्रशाद खरेलल जेष्ठ नागरिकको लागि पृथ्वी यातायतले गरेको कामको खुलेर प्रसंसा गर्नुभएको थियो । पृथ्वी यातायतले गरेको यस्तो कार्यबाट अन्य संघ संथाले पाठ पनि सिक्नु पर्ने बताउनु भयो ।  मन्तब्य राख्दै पृथ्वी यातायतका कार्यलय प्रमुख राजन ढुङ्गानाले गोरखाबाट सुरु भएको यस्तो जेष्ठ नागरीकलाई परिचय पत्रको आधारमा यात्रामा ५० प्रतिसत छुट दिने कार्य देशको कुना कुनामा पुग्नु पर्ने बताउनु भयो । कार्यक्रमामा गोरखाको यातायतका नारायण खत्रि, दिल्लिराम भट्ट, दिपक प्रेम बोगटी, दिपक श्रेष्ठ लगाएतले मन्तब्य राख्नु भएको थियो ।

Post a Comment

 
Top