गोरखा भाद्र २ –साउन १७ गते सिन्धुपाल्चोक जिल्लाको माङ्खा गाविस जुरेमा गएको बाढि पहिरोबाट धेरै जनधनको क्षति भएको छ । सयौं घरपरिवार विस्थापनमा परेका छन् । सुनकोशी बाढि पिडितको लागि सबै ठाउँहरुबाट रकम संकलन कार्य तिव्र भईरहेको छ । गोरखामा पनि सुनकोशी बाढि पीडितको लागि रकम संकलन भएको छ । लायन्स क्लव अफ गोरखा र लियो क्लव अफ गोरखाले सुनकोशी बाढि पीडितको लागि घरदैलो अभियानबाट संकलित १ लाख २ हजार ८ सय ९९ रुपैया डिष्ट्रिक गर्भनर भुगोल सेरचनलाई लायन्स क्लव अफ गोरखाका अध्यक्ष भगत वावु जोशीले आज हस्तान्तरण गर्नुभएको छ । त्यस्तै गरी गोरखा फिनाम गाविस पन्थेस्वरी प्राविमा पहिरोमा परि ज्यान गुमाएका ३ जनालाई प्रति व्यक्ति ५ हजारका दरले पर्सी ४ गते मृतकका घरमै गई रकम उपलव्ध गराउने क्लवका अध्यक्ष भगत वावु जोशीले बताउनुभयो । सुनकोशी बाढि पीडितका लागि संकलित रकम संवन्धित ठाउँमा समयमै पु¥याउने डिष्ट्रिक गर्भनर भुगल शेरचनले प्रतिबद्धता जनाउनुभएको छ ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment