गोरखा भाद्र २ –आर्थिक बर्ष २०७०/०७१ मा गोरखामा ५३ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयको तथ्याङकले देखाएको छ । आत्मा हत्या गर्ने पुरुषको संख्या २४ र महिलाको संख्या २९ रहेको छ । जसमा ४३ जनाले झुण्डिएर, ३ जनाले बिष सेवन गरेर, १ जनाले हाम फालेर र १ जनाले आगो लगाएर आत्मा हत्या गरेका छन् । उक्त आर्थिक बर्षमा १६ बर्ष भन्दा मुनिका ४ जना बालबालिकाले आत्मा हत्या गरेका छन् । जसमा बालिकाको संख्या ३ र बालको संख्या १ रहेको छ ।  आत्मा हत्या गर्नुको मुख्य कारण भने घरेलु हिंसा भएको कार्यालयले जनाएको छ । त्यस्तै गरी गरिवी, बेरोजगार, मानसिक असन्तुलन पनि आत्माहत्याको कारण रहेको कार्यालयले जनाएको छ । आर्थिक बर्ष २०६९÷०७० को तुलनामा आर्थिक बर्ष २०७०/७१ मा आत्माहत्या गर्नेको संख्यामा बृद्धि भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । आर्थिक बर्ष २०६९/०७० मा  ४३ जनाले आत्महत्या गरेका थिए भने २०७०/०७१ मा ५३ जनाले आत्महत्या गरेका छन् ।

Post a Comment

 
Top