एसीसी प्रिमियर लिग यू १६ अन्तर्गत आइतबार भएको खेलमा नेपालले ओमानलाई एक सय दुई रनले हराएको छ। मलेसियामा जारी प्रतियोगितामा पहिले ब्याटिङ गरेको नेपालले चालिस ओभरको खेलमा १६४ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रेको ओमान २९ ओभरमा केबल ६२ रनमा अलआउट भयो। ३ विकेट लिएका नेपालका बलर अनिल खरेल खेलको म्यान अफ दि म्याच भएका छन् । जीतसँगै नेपाल एसीसी प्रिमियर लिगको शीर्ष स्थानमा पुगेको छ। प्रतियोगीतामा नेपाल हालसम्‍म अपराजित छ। पहिलो खेलमा थाइल्‍यान्डलाई १० विकेटले हराएको नेपालले दोस्रो खेलमा सिंगापुरलाई ४९ रनले पराजित गरेको थियो।राउन्‍ड रोविन लिगका आधारमा सञ्‍चालन हुने प्रतियोगीतामा नेपालले भदौ २ गते बहराइनसँग चौथो र भदौ ४ गते आयोजक मलेसियासँग पाँचौ खेल खेल्‍नेछ। एसिसीले यु( १६ प्रिमियर लिग प्रतियोगीता यसै वर्षदेखि सुरु गरेको हो। साभार अन्नपूर्ण

Post a Comment

 
Top