गोरखा भाद्र १ –आरक्षणको भिख होइन अवसर देउ नारीलाई, नँया नेपाल सिगारेर दिन्छौ तिमीलाई भन्ने मुल नारा सहित आजबाट गोरखामा तिज मेला सुरु भएको छ । बर्षाका कारण स्थगित भएको पश्चिमाञ्चल क्षेत्रिय महिला उद्यमी हस्तकला एवंम् दोस्रो तीज मेला आजबाट सुरु भएको हो । गोरखा उद्योग बाणिज्य संघ महिला उद्यमी विकास समिति गोरखाको आयोजना भएको कार्यक्रममा समितिका अध्यक्ष देवु मास्केको अध्यक्षता र नेपाली कांग्रेसका समानुपातिक तर्फका सविंधान सभाका सदस्य कमला पन्तको प्रमुख आतिथ्यता रहेको थियो ।
औपचारीक कार्यक्रम हुनुभन्दा पहिले हरमटारी चोकबाट महिलाहरुले झाँकी सहित ¥याली निकालेका थिए । रानी पोखरी परिषरमा भएको कार्यक्रममा मेला हेर्ने सर्वसाधरणहरुको बाक्लै भिड देखिन्थ्यो । कार्यक्रममा बोल्दै सभासद पन्तले महिलाहरु अझै सक्षम भइनसकेको कारणले गर्दा आरक्षणको व्यवस्था हुनुपर्ने बताउनुभयो । नाराले आरक्षणको भिख होइन अवसर देउ नारीलाई भनेपनि पन्तले भने आरक्षणको व्यवस्था हुनुपर्ने बताउनुभएको छ । उहाँले महिलाहरु आर्थीक रुपमा सक्षम नभएको कारण पछि परेको बताउनुभयो ।

Post a Comment

 
Top