गोरखा भाद्र १ – भगवान श्रीकृष्णको पूजा तथा उपासना गरी हिन्दु धर्माबलम्बीले आज कृष्ण अष्टमी पर्व मनाएका छन् । गोरखाको कृष्ण मन्दिर, गोरखा दरबार लगायतका धार्मीक स्थलहरुमा कृष्ण भगवानको पुजा तथा उपसना गर्ने हिन्दु धर्मालम्वीहरुको ठुलो भिड लागेको थियो । त्यस्तै गरी, देशभरका कृष्ण मन्दिरमा विहानैदेखि दर्शनार्थीको घुईंचो लागेको थियो । आज धामिर्क प्रवचन, पाठपूजा तथा श्रीकृष्ण्ँको रथयात्रा गर्ने र झुला भुलाउने पनि गरिन्छ ।
अन्याय, अत्याचार र आसुरी प्रवृत्तिबाट प्राणीहरुलाई संरक्षण प्रदान गर्न भगवान विष्णुले लिएका दस अवतारमध्ये आठौं अवतार मानिएका श्रीकृष्ण जन्मेको आजको रातलाई मोहरात्री पनि भनिन्छ । हिन्दु समुदायमा कृष्ण जन्मनुभएको मोहरात्रि, बडादशैंको कालरात्रि, लक्ष्मीपूजाको सुखरात्री र नवरात्रीको विशेष महत्व हुन्छ । आजको दिनले दानवी प्रवृत्तिबाट समाजलाई संरक्षण प्रदान गर्न भगवान श्रीकृष्ण कंसरुपी राक्षसी प्रवृत्तिको अन्त्य गरी समाजलाई शान्ति र सुव्यवस्था प्रदान गर्नुको साथै अन्यायी पक्षसग जुधेर समाज उपयोगी काम गर्न तथा परोपकारमा लाग्न मार्गदर्शन गरेको छ ।
Post a Comment