गोरखा भाद्र १– गोरखा नगरपालिका वडा नं. ३ शक्ति चोकमा रहेको ४ वटा कस्मेटिक पसलमा गए राति चोरी भएको छ । गोरखा वडा नं. ५ घर भई हाल यहाँ पसल गरी बस्दै आउनुभएका सञ्चिता आलेको पसलबाट ५ सय २० रुपैया नगत सहित ४ सय ८० को २ वटा सेन्ट र १ सय ८० पर्ने १ जोर चप्पल चोरेको आलेले बताउनुभयो । त्यस्तैगरी ताप्ले ४ कोखे आहाले घर भई पसल गरी हस्पिटलचोक बस्दै पसल गरी बस्दै आउनुभएका जमिला मियाको पसलबाट १८० पर्ने २ वटा सेन्ट र १ सय ४० पर्ने २ वटा पपया सन स्क्रिन क्रिम गरी ६ सय ४० चोरी भएको छ । अन्य २ वटा पसलमा पनि तोडफोड भएको छ । इम्ब्राईम मियाको र कतुना मियाको कस्मेटिक पसल तोडफोड भएको हो । यि चार वटै पसल एउटै लहरमा छन् । चोरी गर्ने व्यक्तिलाई छिट्टै पक्राउ गर्ने प्रहरीले जनाएको छ ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment