आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज तपाईंले कतिपय राम्रा अवसर प्राप्त गर्नुहुनेछ । मन दोधार नबनाउनु होला, नत्र तपाईंले तिनलाई पूर्ण उपयोग गर्न सक्नुहुन्न । स्वास्थ्य अनुकूल हुनेछ । मित्र, परिवार र सहयोगीले सरसहयोग गर्नेछन् । लाभदायक परिणाम प्राप्त हुने क्षेत्रमा धननिवेश गर्ने अनुकूलता हुनेछ । आजका लागि शुभ अंक ३ र शुभरंग सिन्दुरे रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ हं हनुमते नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
रकमको कारोबार र लेनदेनमा विवाद आउने सम्भावना भए पनि आर्थिक समस्या हल गर्ने बाटो देखा पर्नेछ । तर ठूलो लाभ हुने क्षेत्रमा धनलगानी गर्नु राम्रो हुनेछैन, जुवातास र सट्टाबाजीबाट जोगिनु राम्रो हुन्छ । नचाहेको जिम्मेबारी वहन गर्नुपर्ने हुनसक्छ । खानपानमा खर्च बढ्न सक्छ । आजका लागि शुभ अंक ९ र शुभरंग गाढा रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमश्चण्डिकायै यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
अशुभ समाचारको आगमनले मनमा उदासी छाउने छ । सामाजिक सभासमारोहमा समय खर्च हुनाले केही गर्नैपर्ने काम रोकिन सक्छन् । राजनैतिक वातावरणले निराशा हुनेछ । खानपिनमा तलबितल पर्नसक्छ । राज्यपक्ष वा प्रशासनिक काममा ढिलासुस्ती हुने योग छ । झैझगडाभन्दा टाढा रहनु राम्रो हुन्छ । आजका लागि शुभ अंक ९ र शुभरंग हलुका रातो वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कुलदेवताभ्यो नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज धैर्यधारण गरी परिश्रम गर्ने दिन हो । व्यवसायिक क्षेत्रमा खासै फेरबदल हुने योग छैन । आम्दानीमा कमी आउने छैन । पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहने छ । अभिभावकवर्ग, गुरुजन र ठूलाबडाको आशीर्वाद प्राप्त भएमा कार्य सम्पन्न हुनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । आजका लागि शुभ अंक ६ र शुभरंग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गुरवे नमः यस मन्त्रको कम्तीमा २४ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज कामको दायित्व थपिने छ । सार्वजनिक हीत र परोपकारका क्षेत्रमा सक्रियता बढ्नाले प्रशंसा प्राप्त हुने योग छ । परिवारभित्रै वा छरछिमेकमा धार्मिक कार्य सम्पन्न हुनेछ, जसमा तपाईंको भूमिकाको खोजीहुनेछ । आम्दानीमा कमी आउने छैन । धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ ।  आजका लागि शुभ अंक ४ र शुभरंग पहेंलो वा गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ महालक्ष्म्यै नमः यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आज अनावश्यक र झर्को लाग्दो यात्रा हुने सम्भावना छ । अरुले तपाईंका आन्तरिक क्रियाकलापको चियोचर्चो गर्नेछन् । काममा ढिलासुस्ती हुने योग छ, त्यसैले सानो कमजोरी वा भूलका कारण अपमानित बन्न सक्नुहुन्छ । नजिकैको मित्र वा नातेदारले अपमानित तुल्याउन सक्छ । आजका लागि शुभ अंक ३ र शुभरंग गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ अं अङ्गारकाय नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
प्रेमसम्बन्ध वा प्रणयप्रसंगमा तिक्तता आउन सक्छ । सामान्य विवादले ठूलो रूप लिन सक्छ, सचेत भई काम गर्नुहोला । सरकारी जागिरेका लागि कामको चाप बढ्ने समय छ, तर कामबाट भनेजस्तो प्रतिफल प्राप्त हुनेछैन । निरर्थक र प्रतिफलरहित दिक्कलाग्दो यात्राको सम्भावना समेत देखिन्छ । आजका लागि शुभ अंक ६ र शुभरंग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सरस्वत्यै नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आजको दिन चुनौती र परीक्षणका रूपमा देखा परेको छ । वादविवाद, मुद्दामामिला र दैनिक काममा चुनौतीको सामना गर्नुपर्छ, तर परिणाम तपाईंकै पोल्टामा आउने छ । व्यापारव्यवसाय र उद्योगधन्दामा फाइदा छ । वैदेशिक प्रयोजनको वा लामो दूरीको यात्राका लागि प्रयास हुने सम्भावना छ । आजका लागि शुभ अंक ८ र शुभरंग ध्वाँसे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ रां राहवे नमः यस मन्त्रको कम्तीमा १८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
मानसम्मानमा बृद्धि हुनेछ । आज मुखमा सरस्वतीको बास भएको दिन हो, त्यसैले महत्त्वपूर्ण ठाउँमा बोली बिक्नेछ । बौद्धिक चिन्तन वा विचारले धेरैलाई आकर्षण गर्ने समय छ । प्रशंसकहरू बढ्नेछन् । छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । इष्टमित्रले प्रशंसा गर्नेछन् । सहयोगीहरूले काममा साथ दिनेछन् । आजका लागि शुभ अंक २ र शुभरंग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सों सोमाय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
परिवारभित्रकै सदस्य वा आफन्तको स्वास्थ्यमा समस्या देखिनाले समय र धन खर्च हुने सम्भावना छ । आफूस्वयंलाई अस्वस्थताको अनुभव हुनेछ, शरीरमा चोटपटकको भय छ । खानपिनमा नियन्त्रण गर्नु बेस हुनेछ, साँझमा पाचनप्रणालीमा हुने गडबडीले पिरोल्नसक्छ । जीवनसाथीसित ठाकठुक पर्नसक्छ । आजका लागि शुभ अंक १ र शुभरंग कलेजी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ घृणि सूर्याय नमः यस मन्त्रको कम्तीमा ७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । वैदेशिक व्यापार, कृषिव्यवसाय र नोकरी गर्नेका लागि सन्तोषजनक रहने छ । समाजसेवा गर्दा प्रशंसा प्राप्त हुने योग छ । भाइबहिनीका तर्फबाट खुसीको खबर प्राप्त हुने सम्भावना छ । आम्दानीमा कमी आउने छैन । आजका लागि शुभ अंक ४ र शुभरंग हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बुं बुधाय नमः यस मन्त्रको कम्तीमा ८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

मानप्रतिष्ठा र ख्यातिमा आँच आउने सम्भावना छ । घुमघाम र भेटघाटका लागि मन लालायित हुनेछ, तर समय निकाल्न धौधौ हुनेछ । छरछिमेकी, कुटुम्ब वा नातागोताको दिक्क र झर्को लाग्दो काममा संलग्न हुनुपर्ने छ, तर सरसहयोग गरे पनि अन्त्यमा असन्तुष्टि बढ्नेछ । आजका लागि शुभ अंक ६ र शुभरंग सफा र चम्किलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ शुं शुक्राय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

Post a Comment

 
Top