गत साउन ३० गते गोरखाको फिनाम गाविस वडा नं. ६ स्थित पन्थेस्वरीमा रहेको पन्थेस्वरी प्राथमिक विद्यालयमा अभिभावक भेला भईरहेको स्थानमा पहिरो खस्दा ज्यान गुमाएका तिन जनाको परिरवारलाई तुलसी मेहर युनेस्को क्लव गोरखाले हिजो राहत रकम हस्तान्तरण गरेको छ । प्रत्येक परिवारलाई ४ हजार का दरले क्लवका अध्यक्ष धिरज बहादुर मास्केले दैविक प्रकोप उद्धार तथा राहत संकलन समितिका संयोजक यम बसेललाई हस्तान्तरण गर्नुभएको हो ।
पहिरोमा परि फिनाम गाविस वडा नं. ६ निवासी ४६ वर्षिय हिरामाया बयलकोटी, ४० वर्षिय किरण सिर्मल र ३५ वर्षिय देउमाया सिर्मल को उपचारका क्रममा गोरखा अस्पतालमा ज्यान गएको थियो ।
यस्तै तुलसी मेहर युनेस्को क्लवले गोरखाका ५ गाविस फिनाम, बुंकोट, घैरुङ, बक्राङ र ताकुकोट मा दैविक प्रकोप राहत संकलन कोषको स्थापना गरी दैविक प्रकोप न्यूनिकरणको लागि विशेष स्थायी कार्यक्रम पनि गर्दै आएको अध्यक्ष मास्केले बताउनुभयो । प्रत्येक गाविसको राहत संकलन कोषमा २०÷२० हजार कोष स्थापना गरी कार्यक्रम सञ्चालन गरिरहेको छ ।
राहत संकलन कोषका संयोजक यम बसेलले राहत संकलन कार्य जारी भईरहेको बताउनुभएको छ । ज्यान गुमाएकाहरुको प्रत्यक परिवारलाई कम्तिमा पनि १÷१ लाख राहत संकलन गर्ने लक्ष्य रहेको उहाँको भनाई छ ।

Post a Comment