गोरखा भाद्र १२ –नेपाली हिन्दू महिलाहरुले परम्परागत हरितालिका तीज पर्व आज मनाएका छन् । हिमालयकी पुत्री पार्वतीले महादेव पति पाउनका लागि कठोर व्रत गरी आफ्नो कामना पूरा गरेको धामिर्क कथन अनुसार यो पर्व मनाउने गरिन्छ । हिन्दू महिलाहरु व्रत बसेर शिवको पूजा आराधना सहित भजनकिर्तन र तीजका गीतमा नाचगान गर्छन् । बदलिंदो सामाजिक संरचनाले तीज पर्वको शैली पनि फेरिन थालेको छ । पछिल्ला केही वर्र्षमा पाटी प्यालेस, होटल तथा रेष्टुरेन्टमा दर खाने, खुवाउने, बहुमूल्य गरगहना प्रदर्शन गर्ने होडबाजी थियो ।
यसवर्र्ष भने यस्तो प्रचलनमा कमी आएको छ । सरकारले तडकभडकका साथ दर खाने र खुवाउने कार्यक्रम गरेमा कार्वाही गर्ने चेतावनी दिएपछि तीजको भड्किलोपनमा केही कमी आएको हो । काठमाण्डूको पशुपतिनाथ मन्दिर सहित देशभरका शिव मन्दिरहरुमा विहानैदेखि दर्शनार्थीको घूइचो लागेको छ थियो । गोरखाका शिव मन्दिरहरुमा पनि ब्रतालु महिलाहरुको बाक्लो भिड लागेको थियो ।
विहान साढे ३ बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारवटै ढोका खुला गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । मन्दिर प्रवेशका लागि ३ वटा लाइनको व्यवस्था गरिएको थियो । गुहेश्वरी हुदै उमाकुण्ड निस्कने, जय बागेश्वरीको भुवनेश्वरीबाट र गौशाला वनकाली हुदै मन्दिर प्रवेश गर्ने गरी लाइनको व्यवस्था मिलाइएको कोषका निर्देशक तथा मेला समितिका सचिव भरत मरासैनीले जानकारी दिनुभयो ।
लाइन व्यवस्थित बनाइएकाले आधा घण्टादेखि ३० मिनेटभित्र मन्दिरको दर्शन गर्न सकिने कोषको दाबी छ । मन्दिर पुग्ने दर्शनार्थीहरुको सुरक्षाका लागि सुरक्षाकर्मी खटिएका थिए । भिडलाई व्यवस्थित गर्न संघ÷संस्था, रेडक्रस र स्वंयसेवकहरु पनि खटिएका थिए् भने स्वास्थ्य शिविर पनि राखिएको थियो ।

Post a Comment