अस्थायी शिक्षक संघर्ष समिति लमजुङले पेशागत सुनिश्चितताको माग गर्दे जिल्ला शिक्षा कार्यलय लमजुङ र नेपाल सरकार समक्ष ज्ञापन पत्र पेश गरेका छन् । अस्थायी शिक्षक संघर्ष समितिले आफूहरुको पेशा सुनिश्चित गरिदिन माग गर्दै जिल्ला शिक्षा कार्यलय लमजुङ र नेपाल सरकार समक्ष ज्ञापन पत्र पेश गरेका हुन् । आफूहरुले विगतदेखि नै पेशागत सुनिश्चिताका लागि शान्तिपूर्ण कार्यहरु गर्दै आएको र शिक्षा मन्त्रालयबाट गठित वार्ता टोलीसँग पनि मागहरु पूरा गरिदिन पटकपटक आग्रह गरेपनि कार्यान्वयन हुन नसकेको भन्दै अस्थायी शिक्षक संघर्ष समिति लमजुङका अध्यक्ष आश बहादुर घिमिरे र सचिव हरिकृष्ण कोइरालाद्धारा हस्ताक्षरित सो ज्ञापन पत्रमा ७ बुद्धे मागहरु सहित पेशागत सुनिश्चितताको लागि माग गरिएको छ । यदि माग पुरा नभए सघर्षका कार्यक्रमहरु अगाढी बढाउन बाध्य हुने ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
ज्ञापनपत्रमा सामुदायिक विद्यालयहरुमा कार्यरत सम्पूर्ण अस्थायी तथा करार शिक्षकहरुलाई समान आन्तरिक प्रक्रियाबाट स्थायी गरिनुपर्ने, कुनै पनि अस्थायी शिक्षक तथा करार शिक्षकलाई कुनै पनि वाहानमामा पेशाबाट विस्थापित गर्न नपाइने, अस्थायी तथा करार शिक्षकहरुको दरबन्दी खाली मानी स्थायी शिक्षक पठाउन नपाउने, विना सहमति शिक्षकलाई एउटा विद्यालयबाट अर्को विद्यालयमा स्थानान्तरण गर्न नपाउने, अस्थायी शिक्षक सम्बन्धी छलफलमा सहभागि गराइनु पर्ने, पदास्थापन गर्दा सेवाको निरन्तरताको सुनिश्चित गरिनुपर्ने,अस्थायी शिक्षकहरुमाथि गरिएको विभेद अन्त्य हुनुपर्ने, लगायतका ७ बुद्धे माग राख्दै अस्थायी शिक्षकह संघर्ष समितिले ज्ञापन पत्र पेश गरेका छन् । आफूहरुको माग लाई वेवस्ता गरिए थप संघर्षका कार्यमहरु अगाढी बढाउने ज्ञापन पत्रमा उललेख गरिएको छ ।

Post a Comment

 
Top