एजेन्सी–विश्वकपको क्वार्टरफाइनल खेलमा गम्भिर घाइते भएका ब्राजिलका स्टार स्ट्राइकर नेमार फेरि घाइते भएका छन् । विश्वकपको क्वार्टरफाइनलमा घाइते भएपछि ब्राजिलको विश्वकप जित्ने सपना चक्नाचुर भएको केही समयपछि स्पेनिस क्लब बार्सिलोनामा आबद्ध खेलाडी नेमार घाइते भएका हुन् । अभ्यास खेलका क्रममा बिहिबार उनी घाइते भएपछि ला लिगाको पहिलो खेलमा उनी खेल्ने सम्भावना कमजोर भएको बताइएको छ ।
बार्सिलोनाले बिहिबार विज्ञप्ती जारी गर्दै नेमारको अभ्यासका क्रममा देब्रे खुट्टाको गोली गाँठोमा चोट लागेको र उनी नयाँ सिजनको पहिलो खेलमा खेल्न सक्ने सम्भावना कमजोर भएको जनाएको छ ।‘नेमारले पहिलो खेलमा खेल्न सक्छन् कि सक्दैनन् अहिले नै भन्न सकिँदैन’ क्लबद्वारा जारी विज्ञप्तीमा भनिएको छ । क्लबले उनको चोट कति गम्भिर छ भन्नेबारे उनको मेडिकल रिपोर्ट आएपछि मात्र थाहा लाग्ने समेत जनाएको छ । ‘मेडिकल रिपोर्ट पछि मात्र उनको चोटको स्थिती बारे पत्ता लाग्नेछ’ क्लबले भनेको छ ।
विश्वकप खेलमा घाइते भएका नेमार भर्खरै मात्र मैदानमा फर्किएका थिए । विश्वकपमा कोलम्बियाविरुद्धको खेलमा उनको मेरुदण्डको हड्डी भाँचिएको थियो । साभार रातोपाटी

Post a Comment