गोरखा जेष्ठ, २४
 सुत्केरी अवस्थामा ज्यान गुमाएकी श्रीमतिको शव उठाउन दुई लाख ५० हजारमा श्रीमान कुमार गुरुङले सहमति जनाएपछि आज विहान मृतकको शव उठेको छ । अप्रेशनबाट छोरीलाई जन्म दिएकी गुरुङको स्वास्थ्यमा समस्या देखिएपछि शुक्रबार विहान  गोरखा अस्पताले भरतपुर अस्पताल रिफर गरेको थियो । भरतपुर अस्पताल नपु¥याउँदै उनको निधन भएपछि मृतकका आफन्तहरुले विरोध गर्दै नारावाजी गरेका थिए । हिजो भएको सहमतिमा हस्ताक्षर गरेपछि मृतकका शव आज उठेको हो ,
बालिकाको नाममा दूई लाख पचास हजार दिने, सम्पूर्ण स्वास्थ्य अवस्थाको अस्पतालले जिम्मा लिने, पाँच वर्षसम्म मासिक २५ सयका दरले अस्पतालले बालिकालाई रकम दिने र बालिकाका बाबुलाई अस्पतालमानै रोजगारी दिने निर्णय भएको जनाइएको छ । मृतकका श्रीमान कुमार गुरुङले श्रीमतिको शव उठाउन २ लाख ५० हजारमा सहमति जनाए पनि माइती पक्षले भने असहमति जनाएका थिए । तर आज विहान हिजै भएको निर्णयमा सहमति भएपछि आज शवको गुरुङ परम्परा अनुसार अन्त्यस्टी गरिएको छ । रेडियो मातृभूमि

Post a Comment

 
Top