पर्वतको सदरमुकाम कुस्मा र वरपरका क्षेत्रमा रेबिज रोगको माहामारी फैलन खतरा देखिएको छ ।
बौलाहा कुकुरले मानिस र पशुचौपायलाई टोकेपछि कुस्माबजार, पकुवा, फलेबासलगायतका क्षेत्रमा रेबिज फैलिएको हो । बौलाहा कुकुरले टोकेपछि पर्वत जिल्ला अस्पतालमा रेबिजको भ्याक्सिन लगाउने बिरामीको चापसमेत बढेको छ । बिगत एक महिना पहिलेदेखि कुस्माबजार र आसपासका क्षेत्रमा बौलाहा कुकुरले टोक्ने घटना बढेका हुन् । एक महिना पहिले कुस्माबजारमा एउटा कुकुरले एकैदिन १० जनालाई टोकेको थियो भने पकुवा गाबिसमा पशुलाई टोकेका कारण धेरै पशु बिरामी भएका छन । फलेवास Ôेत्रमा मानिस र पशुलाई टोकेपछि अहिले पनि नियमित रपमा उपचार गराइरहेका छन ।
बौलाहा कुकुरले टोकेका मानिस र पशुमा रेबिज सरेपछि पर्वत जिल्ला अस्पतालमा बिरामीसमेत बढेका छन् । पर्वत अस्पतालमा अहिले पनि ३० जनाले रेबिजको भ्याक्सिन लगाएका छन् भने १० जना भन्दा बढिले लगाउनका लागि माग गरेको पर्वत जिल्ला अस्पतालका प्रमुख डा. नारायण्ँ ओझाले बताउनुभयो ।
‘दैनिक रुपमा बिरामी आउन थालेपछि रेबिजको भ्याक्सिनसमेत अभाव हुने अवस्था आएको छ’ उहाले भन्नुभयो । ‘रेबिज यही गतिमा फैलने र बौलाहा कुकुर नियन्त्रण नगरेमा महामारी फैलन सक्छ ।’ पर्वत जिल्ला अस्पतालमा अहिले रेबिज बिरुद्धको भ्याक्सिन लगाउन थालिएको छ । अस्पतालमा रेबिज बिरुद्ध भ्याक्सिन लगाउने माग बढेपछि थप २ सय ७० वटा भायल थप गरिएको छ । यसबाट थप ५४ जना बिरामीलाई भ्याक्सिन दिन पुग्ने डा. ओझाले जानकारी दिनुभयो । हालसम्म अस्पतालमा रेबिजको भ्याक्सिन लगाउने सुविधा थिएन ।
यता कुस्मा बजारमा र वरपर रहेका भुस्याहा कुकुर हटाउनुपर्ने माग बढेको छ । कुस्मा नगरपालिकासग सहकार्य गरेर भुस्याहा कुकुरलाई रेबिज बिरुद्धको भ्याक्सिन लगाउने अभियान थाल्नुपर्ने जिल्ला पशुसेवा कार्यालय पर्वतका बरिष्ठ पशु चिकित्सक अमृतकुमार मास्केले बताउनुभयो ।

Post a Comment