जेठ २४ – जर्मनीका मिडफिल्डर मार्को रिउसले विश्वकप फुटबल खेल्न नसक्ने भएका छन् । अर्मेनियासँगको मैत्रीपूर्ण खेलका क्रममा घाइते भएपछि उनले विश्वकप खेल्न नपाउने भएका हुन् । लिगामेन्ट इन्जुरी भएका रिउसले कम्तीमा पनि ७ देखि ८ हप्तासम्म आराम गर्नुपर्ने डाक्टरहरुले बताएका छन् । उत्कृष्ट फर्ममा रहेका रिउस घाइते भएपछि टोलीलाई ठुलो क्षति पुगेको प्रशिक्षक जोचिम लोउले बताएका छन् । उनले प्रशिक्षणका साथै क्यामरुन र अर्मेनियासँगको मैत्रीपूर्ण खेलमा पनि उत्कृष्ट प्रदर्शन गरेका थिए । उनको ठाउँमा स्कोड्रन मुस्ताफीलाई टोलीमा समावेश गरिनेछ ।

Post a Comment

 
Top