धादिङ,जेठ२२–धादिङको सल्यानकोटमा  भएको ट्रक दुर्घटनामा  तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । सदरमुकाम धादिङबेसीबाट त्यसतर्फ गइरहेको ना३ ख२९२७ नम्बरको ट्रक सडकबाट तल खस्दा एक महिलासहित तीन जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ । मृतकको भने अझै सनाखत हुन सकेको छैन ।
ट्रक सडकबाट दुई सय मिटर तल खस्दा ६ जना गम्भिर घाइते भएका छन् । सकुशल रहेका दुर्घटनका चालक र सहचालक भने फरार रहेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Post a Comment

 
Top