जेनेभा, जेठ २२ – बार्सिलोनाका स्टार खेलाडी लियोनेल मेससी विश्वकै मूल्यवान खेलाडी कायम रहेका छन् ।  स्वीटजरल्याण्डमा आधारित सीआईईएस फुटबल अबसेटोरीको वार्षिक प्रतिवेदन अनुसार मेस्सीको बजार मूल्य २१ करोड ६० लाख युरो रहेको छ । गत सिजत मैदानमा खराब प्रदर्शनका कारण मेस्सीको मूल्यमा १ करोड ९० लाख युरोले कमी आएपनि उनको मूल्य दोस्रो स्थानमा रहेका क्रिस्टियानो रोनाल्डोभन्दा दोब्बर रहेको छ । रियल म्याड्रिडका स्टार रोनाल्डो ११ करोड ४० लाख युरोका साथ दोस्रो स्थानमा रहेका छन् । गत सिजन रोनाल्डोले मेस्सीभन्दा राम्रो प्रदर्शन गरे पनि उमेरका कारण मेस्सीको मूल्य अझ धेरै भएको सीआईईएसले जनाएको मेस्सी यसै महिना २७ वर्ष पुग्ने छन् भने रोनाल्डो २९ वर्षका भइसकेका छन् । रियलले च्याम्यिन्स लिग जितेका कारण रोनाल्डोको मूल्यमा चार लाख युरोले बढेको छ ।

Post a Comment

 
Top