गोरखा जेष्ठ, २३
आदिवासी जनजाति महासंघ गोरखाको आयोजनामा पाँचखुवा देउरालीमा हिजोबाट सुरु भएको ३ दिने आदिवासी जनजाति सशक्तिकरण तालिमको दोस्रो दिन आज पनि विविध विषयमा प्रशिक्षण मुलक तालिम सम्पन्न भएको छ । 
आजको तालिममा पाचखुवा देउरालिको गाविस सचिव रोहीणीरमण पौडेलले आदिवासी जनजातिहरुले पाउने सरकारी सेवा र सुविधाका बारेमा जानकारी गराउनुभएको थियो । त्यस्तै आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् गोरखाका अध्यक्ष विष्णु राना मगरले गोरखा जिल्लामा रहेका आदिवासी जनजातिको स्थिति, जनसंख्या, आदिवासी जनजाति महासंघमा आवद्ध गोरखा जिल्लामा भएका जातजातिहरुको अवस्थाका वारेमा जानकारीमुलक प्रशिक्षण दिनुभएको थियो ।
तालिममा आदिवासी जनजाति अगुवा कृष्ण राना मगरले आदिवासी जनजातिको इतिहास, वर्तमान अवस्था, भावी रणनितिका बारेमा प्रशिक्षण दिनुभएको थियो । नेपाल आदिवासी जनजाति वकिल समुह ‘लाहुरनिप’ तथा मानवअधिकार प्रतिरक्षा संजालका संयोजक अधिवक्ता सन्तोष राना मगरले आदिवासी जनजातिको राष्ट्रिय र अन्तराष्ट्रिय कानुनको बारेमा प्रशिक्षण दिनुभएको महासंघका अध्यक्ष विष्णु राना मगरले जानकारी दिनुभयो । रेडियो मातृभूमि

Post a Comment

 
Top