गोरखा जेष्ठ, २३
गोरखा दरबारमार्गकी एक महिलाको सुत्केरी अवस्थामा ज्यान गएपछि गोरखा अस्पताल तनावग्रस्त वनेको छ । प्रसव व्यथाले च्यापेपछि बुधबार गोरखा अस्पताल भर्ना भएकी १९ वर्षिय सोनु गुरुङको सुत्केरी अवस्थामा ज्यान गएपछि उनका आफन्तले गोरखा अस्पताल घेराउ गरी नाराबाजी गर्दा गोरखा अस्पताल तनावग्रस्त वनेको हो । हिजो अप्रेशनबाट छोरीलाई जन्म दिएकी गुरुङको स्वास्थ्यमा समस्या देखिएपछि आज विहान  गोरखा अस्पताले भरतपुर अस्पताल रिफर गरेको थियो । भरतपुर अस्पताल नपु¥याउँदै उनको निधन भएपछि आफन्तहरुले डाक्टरको लापारबाहीको कारण ज्यान गएको भन्दै नारा जुलुश गरेका छन् । प्रशासन घेराउ गरी उनिहरुले उपचारमा संलग्न डाक्टरको राजिनामाको माग गरेका छन् । सत्य तथ्य बाहीर ल्याउन माग गर्दै  मृतकका  आफन्तहरुले अस्पतालमा केहीवेर ढुङ्गा प्रहार गरेको थिए । उनीहरुले शुरक्षाका लागि खटिएका शुरक्षा कर्मीहरु पनि निश्पक्ष नभएको र पिडितलाई दमन गरेको भन्दै केहीवेर शुरक्षा कर्मीको विरुद्धमा पनि नाराबाजी गरेका थिए ।
सहमतिका लागि अस्पताल प्रशासन, मृतकका आफन्त, गोरखामा सक्रिय सवै राजनितिक दलका प्रतिनिधिहरु विच वार्ता भईरहेको छ । पचास शैया क्षमताको अस्पतालमा स्त्री तथा प्रसुती रोग विशेषज्ञ केशवराज भुर्तेलको दरबन्दी भएपनि उपचारमा सेवाबाट उनी टाढै रहँदै आएका छन् । अस्पतालमा मृतकका आफन्तले घेरा गरेपछि सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ । रेडियो मातृभूमि

Post a Comment

 
Top