स्वास्थ्य सेवा विभागले उपलब्ध गराउँदै आएको परिवार नियोजनको अस्थायी साधान डिपो प्रोभेरा सुईको प्रयोग ७ महिनाको बच्चादेखि ६ वर्ष मुनिका बालबालिकामा प्रयोग भएको पाइएको छ ।
पाँचथरको फिदिम ४ सारन्ताका बालबालिकामा विहीबार सुईको प्रयोग भएको हो । सात महिने बालक अरुण श्रेष्ठ, दुई वर्षीय आसिका श्रेष्ठ, पाँच वर्षीय होमकुमार श्रेष्ठ र छ वर्षका निर्मल श्रेष्ठलाई यो सुई लगाइएको हो । बालबालिकाका अभिभावकका अनुसार एक व्यक्तिले आफू डाक्टर भएको र नेपाल सरकारले रुघा खोकीका लागि निशुल्क औषधि उपलब्ध गराई आफूलाई योक्षेत्रमा खटाएको भन्दै खोप केन्द्रमा बालबालिका भेला गराई सुई लगाएका हुन् ।
आफूलाई डाक्टर भनेर चिनाउने कृष्ण बर्देवाले चार जना बालबालिकालाई एउटै सुईको प्रयोग गरेको स्थानीय लीला श्रेष्ठले बताउनुभयो । स्वास्थ्यकर्मीले प्रयोग गर्ने भ्याक्सिन केरियर बक्ससहित बालबच्चालाई खोप केन्द्रमै भेला गराएपछि अभिभावकलाई डाक्टर नै होला भन्ने विश्वास भएको तर खोप लगाइसकेपछि जाँड रक्सी माग्न थालेपछि स्थानीयले प्रहरीमा खबर गरेका थिए । सूचना पाउने बित्तिकै प्रहरीले ती व्यत्तिलाई नियन्त्रण्ँमा लिएको प्रहरी निरीÔक सञ्जिवबाबु खड्काले बताउनुभयो । प्रहरीको बयानमा आफू तेल्लोक ७ ताप्लेजुङका कृष्ण बर्देवा भएको बताएका छन् । उनको साथबाट प्रहरीले भ्याक्सिन केरियर बक्ससहित बिसिजी सुई चार थान, डिपिटी तीन थान, पोलियोको सुई तीन थान, दादुराको सुई चार थान र टिटी सुई दुई थानसहित औषधि फेला पारेको छ । बयानको क्रममा पाँचथर अस्पताल बाहिर सामान भेटाएको बर्देवाले बताएका छन् ।

Post a Comment