बुटवल, जेठ २२ – भारतको प्रसिद्ध टेलिभिजन कार्यक्रम डान्स इण्डिया डान्स लिटर मास्टर च्याम्पियन मा टप ५ मा पुग्न सफल रुपन्देही रुद्रपुरकी टेरिया मगरलाई विहीबार रुपन्देहीमा स्वागत गरिएको छ । बिमानबाट भैरहवा आएकी टेरियालाई गौतम बुद्ध विमानस्थलमा स्थानीय बासिन्दाले भव्य स्वागत गरेका थिए । टेरियालाई भैरहवा र बुटवल बजार परिक्रमा गराई अहिले आफनो घर रुद्रपुर लगिएको छ । फाइनल प्रतियोगिताको लागी भोट माग्न टेरिया जि टिभीका कर्मचारीहरुसहित नेपाल आइपुगेकी हुन । साभार उज्यालो अनलाईन

Post a Comment

 
Top